१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री पत्नी सीताको निधनमा दुःख ब्यक्त


130
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर दुःख व्यक्त गर्नुभएको हो । राष्ट्रपति पौडेलले दुःखको यस घडीमा प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट गर्नुभएको छ ।