
एजेन्सी । रुसले नेटोका कारण तेस्रो विश्वयुद्ध नजिकिएको बताएको छ ।
लिथुआनीयामा नेटो शिखर सम्मेलन चलिरहेको बेला रुसको शक्तिशाली सुरक्षा परिषदका उपसचिव दिमित्री मेदभेदेवले नेटोको बढ्दो युक्रेन सहयोगले तेस्रो विश्वयुद्धलाई नजिक ल्याइरहेको बताउनु भएको हो ।
पश्चिमाहरुको विवेकहीन युद्धमोहले घातक अन्त्य बाहेक अरु केही निम्त्याउँदैन र त्यो भनेको तेस्रो विश्वयुद्ध रहेको मेदभेदेवको भनाइ थियो ।
रुसका पूर्व राष्ट्रपति र प्रधानमन्त्रीसमेत रहेका मेदभेदेव रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विश्वासपात्र मानिनुहुन्छ ।
मेदभेदेवको पछिल्लो टिप्पणीले रुसी उच्च नेतृत्वको मानसिकता झल्काउने विश्लेषण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्