१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मेयर बालेन साहविरुद्ध महानगर अगाडि बिरोध प्रदर्शन


1.131k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबिरुद्ध महानगरपालिकाको कार्यालय अगाडि ‘इनफ इज इनफ’ ले बिरोध प्रदर्शन गरेको छ ।

‘इनफ इज इनफ’ले काठमाडौं महानगर अगाडि मेयर बालेनविरुद्ध ठेलागाडा लगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको हो ।

‘इनफ इज इनफ’ले मेयर बालेनले महानगरभित्र व्यापार गर्ने साना व्यापारीहरूको व्यवस्थापनका गर्नुपर्ने माग राखेको छ । महानगरमा जीविकोपार्जन गर्न थोरै आय स्रोतका लागि साना व्यापार गर्नेहरु माथि भएको ज्यादतीविरुद्ध प्रदर्शन गरिएको प्रदर्शनकारी सयल श्रेष्ठले बताउनुभयो । उहाँले जीविकोपार्जन गर्न व्यापार गर्नेहरु माथि महानगरले फोहोरको जस्तो गरी दुव्र्यवहार गनेको बताउनुभयो । उहाँले संविधानले बाच्न पाउने अधिकार र मानव अधिकारको कुरालाई समेत हर्नन गरेको आरोप मेयर बलेनलाई लगाउनु भयो ।

सयलले मेयर तथा महानगरविरुद्ध यो विषयमा संगठित भएर बोल्न नसकेको बताउनुभयो । उहाँले महानगरपालिकाले व्यापारीको सामान व्यवस्थित गर्नुपर्नेमा सामान कब्जा गरेर जनतालाई राज्यले लुटेको बताउनुभयो। उहाँले महानगरले जसरी अमानविय रुपमा साना व्यापारीहरुलाई गरेको व्यवहार राख्नुपर्ने बताउनुभयो ।

सयलले गरिबीको चमेली बोलिदिने कोही छैन भन्ने मेयर आफ्नै गीतले उहाँलाई नै गिज्याएकाले गरिबको पक्षमा बोल्न आएको बताउनुभयो । त्यस्तै,अर्को प्रदर्शनमा सहभागि सौरभ न्यौपाने फुटपाथ व्यवस्थापन मेयर बालेनले निर्वाचनको बेला दिएको आश्वासन पूरा गर्न नसकेको बताउनुभयो। उहाँले मेयर बालेनले निर्वाचनको बेला बोलेको कुरा बिर्सिएकाले बिरोध प्रदर्शन भन्दा पनि सम्झाउन युवाहरु भेला भएको बताउनुभयो।

त्यस्तै,बिरोध प्रदर्शनमा सहभागि युजनराज भण्डारीले साना ठेलागाँडा ब्यापारीहरु माथि महानगरले गरेको ज्यादतीविरुद्ध प्रदर्शन गरिएको बताउनुभयो। उहाँले फुटपाथका गेलागाढा व्यवसायलाई व्यवस्थित गर्न सकिन्छ भनेर मेयर बालेनले निर्वाचनको बेला भन्ने गरेपनि अहिले अमानवीय व्यवहार गर्ने काम गर्नुभएको आरोप लगाउनुभयो।