१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा, १० वर्षमा प्रधानमन्त्री दाहालले परिवारका ३ सदस्य गुमाए


5.564k
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि कोटेश्वर स्थित पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।

प्रधानमन्त्री दाहालले सीताको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएपछि नेता–कार्यकर्ता, आफन्त र शुभेच्छुकहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । सीताको आज बुधवार बिहान ८ बजेर ३३ मिनेटमा नर्मिक अस्पतालमा निधन भएको हो । सीताको पार्थिव शरीर दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने माओवादी केन्द्रले जनाएको छ ।

६ वर्षअघि अर्थात् २०७४ मंसिर ३ गते प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालको निधन भएको थियो भने त्यसअघि प्रचण्डले २०७० चैत १३ गते जेठी छोरी ज्ञानु दाहाललाई गुमाउनु परेको थियो । २०८० असार २७ गते प्रधानमन्त्री प्रचण्डले आफ्नी जीवन संगिनी सीतालाई गुमाउनु परेको छ ।

अब प्रचण्डसँग छोरी रेणु र गंगा दाहाल रहेका छन् । १० वर्षको अन्तरालमा प्रचण्डले परिवारमा ३ जना सदस्य गुमाउनु परेको छ । प्रधानमन्त्री प्रचण्डको रनजनीतिक सफलतामा सीता दाहालको भूमिका महत्वपूर्ण रहेको छ ।