२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


शेयर बजारमा २५ अंकले वृद्धि


169
Shares

काठमाडौं । दुई दिन सामान्य करेक्सन आएको शेयर बजार बुधबार पुनः लयमा फर्कियो ।

मंगलबार अस्थि झिनो अंकले रातो रहेको बजारमा बुधबार दोहोरो अंकको वृद्धि आएको हो ।

उतार चढावबीच बजार परिसूचक नेप्से २५ अंकले उकालो लागेर २ हजार ९७ अंकमा पुगेको छ । बजारमा तरलतामा सुधार आउँदा ब्याज घट्ने आशाले लगानीकर्ता उत्साही भएका विश्लेषण गरिएको छ ।

वित्त र होटल तथा पर्यटन समूहबाहेक बाँकी समूहमा हरियाली छाउँदा ३ अर्ब हाराहारीमा कारोबारभयो । जलविद्युत समूहमा सबैभन्दा उच्च साढें ४ प्रतिशतको बृद्धि आयो । लघुवित्त र सामूहिक लगानी कोष २ प्रतिशत बराबरले उकालो लागे । अन्य, निर्जीबन बीमा, वाणिज्य बैंक, विकास बैंक, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष समूह करिब १ प्रतिशतले सुधारिए ।

पछिल्ला दिन लगानीकर्ताको आकर्षणमा रहँदै आएको वित्त समूहमा भने यसदिन २ प्रतिशत बराबरको गिरावट आयो । यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय ८९ कम्पनीको ८५ लाख कित्ता शेयर ३ अर्ब १९ करोड बराबरमा खरिदविक्री भएको एक्सचेन्जले जनाएकोछ ।

झण्डै १० वटा कम्पनीका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा पछिल्ला दिन निरन्तर १० प्रतिशतका दरले बढ्दै आएको रावा लघुवित्तको शेयरमा भने यसदिन १० प्रतिशत नै गिरावट आयो ।