
भोजपुर । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)को आर्थिक सहयोग र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा भोजपुरमा सञ्चालित सीपमुलक तालिम सम्पन्न भएको छ ।
सिटिइभिटीको पाठ्यक्रम अनुसार तह १ स्तरको सहायक ब्युटिसियन, मन्टेश्वरी, वेल्डिङ वाइरिङलगायत ६५ दिने सीपमुलक तालिम बुधबार सम्पन्न भएको हो ।
नगरपालिकाले शिक्षा, सीपमुलक तालिम, उद्यम तथा रोजगारका लागि विशेष प्राथमिकता दिएको उल्लेख गर्दै सीप सिकेका सबै प्रशिक्षार्थीलाई स्वरोजगार बन्न भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्