१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अवैध उत्खनन् गर्ने इस्काभेटरसहित चालक पक्राउ


1.664k
Shares

काठमाडौं । महोत्तरी र सर्लाहीको सीमामा पर्ने बाँके खोलामा अवैध उत्खनन् गर्ने एक्साभेटरसहित चालकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

बाँके खोलाबाट नम्बर प्लेट नभएको दुई वटा एक्साभेटर नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ ।

गौशाला नगरपालिका-१२ पडरियाबाट बुधबार मध्य रातमा उत्खनन् स्थल पुगेका स्थानीयले चालकसहित एक्स्काभेटर नियन्त्रणमा लिएर कान्तिबजार प्रहरीलाई खबर गरेका थिए । उत्खनन् कार्य रोक्न खोज्दा स्थानीय र खोला तस्करबीच राती झडप भएको थियो ।

बरामद दुवै एक्स्काभेटर गौशाला-७ जयपुर गाउँका हसन नाम गरेका व्यक्तिको भएको स्थानीयले बताएका छन् ।