
अर्घाखाँची । अर्घाखाँचीका जिल्ला समन्वय प्रमुख जिवनारायण कोइरालाले कुमाल समुदायको पुख्र्यौली पेशा संरक्षण गर्नु अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
सन्धिखर्क नगरपालिका– ५ मा सञ्चालन भएको तालिम समापन कार्यक्रममा पुरानो पेशालाई संरक्षण गर्न युवा पुस्ताको आकर्षण बढाउनु पर्ने अहिलेको आवश्यता भएकाले स्थानीय सरकारले पनि यस्ता कार्यक्रमलाई प्राथामिकतामा राख्न आवश्यक भएको कोइरालाले बताउनुभयो ।

नेपाली संस्कृति झल्काउने माटाका भाडा र पेशाको संरक्षणसँगै गाउँमै रोजगारका लागि सीपमुलक तालिम ४५ दिनसम्म सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख सन्तोष खनालले बताउनुभयो । तालिममा कुमाल समुदायलाई सहभागि गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस्