१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बंगलादेशमा डेंगीको संक्रमणबाट एकै दिन सात जनाको मृत्यु


195
Shares

एजेन्सी । बंगलादेशमा महामारीको रुपमा फैलिएको डेंगीबाट एकै दिन सात जनाको मृत्यु भएको छ ।

एकैदिन १ हजार ५४ जनामा डेंगीको संक्रमण भएकोमा सात जनाको मृत्यु भएको बंगलादेशको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।

बंंगलादेशमा हाल डेंगी संक्रमितको संख्या १४ हजार आठ सय बढी रहेको छ भने विगत ६ महिनायता ८३ जनाले ज्यान गुमाइसकेका छन् ।

हरेक दिन डेंगीका बिरामीको संख्या बढ्दै गएकाले अस्पतालका शैयाहरु भरिन थालेका छन् । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बच्न आवश्यक उपाय अपनाउन सर्वसाधारणमा बंगलादेश सरकारले अपील गरेको छ ।