१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्पेनका कार्लोस अल्कारेज विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश


182
Shares

काठमाडौं । स्पेनिस खेलाडी कार्लोस अल्कारेज विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार राति भएको क्वाटरफाइनल खेलमा डेनमार्कका होल्गर रुनलाई ७-६, ६-४ र ६-४ ले हराउँदै अल्कारेज पहिलो पटक विम्बल्डनको सेमिफाइनलमा पुगेका हुन् ।

अब सेमिफाइनलमा अल्कारेजको भिडन्त रुसका डानिल मेदबेदेभसँग हुनेछ । क्वाटरफाइनलमा अमेरिकाका क्रिस युबाङ्क्सलाई ६–४, १–६, ४–६, ७–६ र ६–१ को सेटमा हराउँदै मेदभेदेभ सेमिफाइनलमा पुगेका हुन् ।

यस्तै, महिलातर्फ काजखस्तानकी एलिना रिबाकिनालाई २–१ को सेटमा हराउँदै ट्युनिसियाकी ओन्स जबिउर तथा अमेरिकाकी म्याडिसन किजलाई २–० को सोझो सेटमा हराउँदै बेलारुसकी अरिना साबालेन्का पनि सेमिफाइनलमा पुगेका छन् ।