१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


छात्रवृत्तिका लागि महानगरपालिकाले खुलायो आवेदन


1.04k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति परीक्षाको आवेदन खुलाएको छ ।

महानगरपालिका भित्र सञ्चालित विभिन्न कलेजहरुमा छात्रवृत्तिका लागि पठाउने गरी महानगरपालिकाले अनलाईन मार्फत आवेदन मागेको हो ।

बिहीबारदेखि साउन १२ गते राति १२ बजेसम्म महानगरको वेबसाइट वा इन्ट्रान्स डट काठमाडौं डट जीओभी मार्फत अनलाइन आवेदन दिन सकिने महानगरपालिकाले जनाएको छ । आगामी साउन २० गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म परीक्षा लिइने पनि महानगरले जनाएको छ ।

सो परीक्षामा उत्तीर्ण भएपछि मापदण्डभित्र पर्ने विद्यार्थीहरुलाई निजी कलेजहरुमा छात्रवृत्तिका लागि पठाइने छ ।