१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग खेल्दै


1.534k
Shares

काठमाडौं । एसियन गेम्सको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बिहीबार बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्दैछ ।

यो खेल बंगलादेशको राजधानी ढाकास्थित शहिद सिपाही मोहोमद मुस्तफा कमल रंगशालामा नेपाली समय अनुसार साँझ ६ बजे सुरु हुनेछ ।

एसियन गेम्सको तयारीस्वरुप बंगलादेशसँग दुईवटा मैत्रिपूर्ण खेल खेल्न नेपाली टोली ढाका पुगेको हो । गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानी तथा अनन्त थापाको प्रशिक्षणमा रहेको नेपाली टोली बंगलादेशलाई हराउन बिहीबार पूर्ण सामथ्र्यको साथ मैदानमा उत्रिनेछ ।

यसअघि गत सेप्टेम्बरमा काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग ३–१ ले हारेको नेपाललाई यसपटक बंगलादेशलाई उसैको मैदानमा स्तब्ध बनाउँदै बदला लिने अवसर जुरेको छ ।

नेपाल र बंगलादेशबिचको दोस्रो खेल आगामि आइतबार हुनेछ ।