
काठमाडौं । गण्डकी प्रदेशमा यस वर्ष रासायनिक मलको अभाव नहुने दाबी कृषि सामग्री कम्पनी पोखराले जनाएको छ ।
हरेक वर्ष वर्षा याममा रासायनिक मलको समस्या भोग्दै आएकोमा यो वर्ष मल अभाव नहुने सो कम्पनीले जनाएको हो ।
हाल डिएपी २१ टन र युरिया ५ टन मौज्दात रहेको र थप मल आउने क्रममा रहेकाले रासायनिक मलको अभाव नहुने बताइएको छ । गण्डकी प्रदेशमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले मल बिक्री गर्दै आएका छन् ।
प्रदेशमा सबैभन्दा बढी नवलपुर, स्याङ्जा, तनहुँ र कास्कीमा रासायतिक मल खपत हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्