काठमाडौं । वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हरियाली प्रवर्द्धनका कार्यक्रमहरुलाई प्राथमिकता दिइएको बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री महतोले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हरियाली प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभएको हो । उहाँले त्यसका लागि वृक्षारोपण, विरुवा उत्पादन, शहरी वन, हरियाली पार्कका कार्यक्रमहरु तीनै तहका सरकार र सरोकारवालाहरुको सहभागितामा कार्यान्वयनमा ल्याइने बताउनुभयो ।
त्यसैगरी वन उद्यम प्रवर्द्धन, वृक्षारोपण तथा दिगो वन व्यवस्थापनका लागि तिनै तहबाट समृद्धिका लागि वन कार्यक्रम सञ्चालन गरिने पनि उहाँले उल्लेख गर्नुभयो ।
मन्त्री महतोले जडिबुटी उत्पादन, प्रशोधन, भण्डारण, व्यवसायिकरण र विदेश निकासीका लागि जोड दिनेगरी बजेट विनियोजन गरिएको बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्