६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


दुर्गमका गर्भवति र सुत्केरी महिलाको हवाइ उद्दार गर्न बजेट अभाव छैन : मन्त्री आचार्य


221
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दुर्गम क्षेत्रका गर्भवति र सुत्केरी महिलाको हवाइ उद्दारमा बजेट अभाव नभएको बताउनुभएको छ ।

बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री आचार्यले दुर्गम क्षेत्रमा गर्भवति र सुत्केरी महिलाको हवाइ उद्धार गर्नका लागि बजेटको कमी नरहेको बताउनुभएको हो । उहाँले आगामी आर्थिक वर्षमा सो कार्यक्रमको प्रभावकारिता हेरेर थप परिमार्जन गर्ने र निरन्तरता दिने उल्लेख गर्नुभयो ।

मन्त्री आचार्यले मन्त्रालयले हालसम्म ५ सय ३६ जनाको हवाइ उद्धार गरिसकेको जानकारी दिनुभयो । उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपांगतामैत्री नमूना मन्त्रालयको रुपमा विकास गर्ने काम अगाडी बढिरहेको पनि बताउनुभयो ।

उहाँले मन्त्रालयले दिएको सशर्त अनुदानको प्रभावकारीताको अनुगमन गरिने समेत बताउनुभयो ।