१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ : मन्त्री बस्नेत


78
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।

बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री बस्नेतले अगामी आर्थिक वर्ष २०८०/८१ मा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताउनुभएको हो । उहाँले आगामी दश वर्षभित्रमा भने २० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताउनुभयो । सोही अनुरुपको ऊर्जा विकास दशककको मार्गचित्र र कार्ययोजनाका साथ मन्त्रालयले काम गरिरहेको उहाँले बताउनुभयो ।

मन्त्री बस्नेतले विद्युतको आन्तरिक खपत क्षमता बढाउने पनि बताउनुभयो ।