१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


एनभीए पुरुष तर्फको भलिबलमा टिपटप हेल्प नेपाल विजयी


1.287k
Shares

काठमाडौं । राजधानीमा जारी सातौं संस्करणको एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुष तर्फको खेलमा टिप टप हेल्प नेपाल विजयी भएको छ ।

बिहीबार भएको पुरुष तर्फको पहिलो खेलमा टिप टप हेल्प नेपालले विभागीय टोली नेपाल एपीएफ क्लबलाई पराजित गरेको हो । हेल्प नेपालले ३–२ को सेटमा जित हात पारेको हो । यो जितसंगै हेल्प नेपालले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अपराजित हेल्प नेपालको यो पाचौं जित हो ।

एपीएफको भने प्रतियोगितामा यो दोस्रो हार हो । प्रतियोगितामा महिला तर्फको आजको खेलमा विभागिय टोली नेपाल एपीएफ क्लब विजयी भएको छ । समूह चरणको अन्तिम खेलमा एपीएफले न्यु डायमन्ड स्पोर्टस एकेडेमीलाई पराजित गरेको हो । एपीएफले ३–० को सोझो सेटमा जित हात पारेको हो । एपीएफ २५–१९, २५–१८ र २५– १२ को सेटमा विजयी भयो । पाचौ खेलमा एपीएफको यो चौथो जित हो ।

डायमन्डको यो पहिलो हार हो । बुधबार एपीएफलाई पराजित गर्दै नेपाल पुलिस क्लबले एक खेल अगावै फाइनलमा स्थान बनाई सकेको छ । प्रतियोगितामा महिला तर्फ ६ तथा पुरुष तर्फ ७ टोलीको सहभागीता रहेको छ । दुवैतर्फका शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ । फाइनल खेल असार ३० गते शनिबार हुनेछ ।