
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारको अभियानले विश्राम नलिने बताउनुभएको छ ।
बिहीवार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा राखेर काम अगाडी बढाइरहेको बताउनु भयो । उहाँले देशको समृद्धिको लक्ष्य हासिल गर्ने पूर्वशर्त सुशासन भएको भन्दै सरकारको अभियानले विश्राम नलिने बताउनु भयो ।
उहाँले निर्दोष नफसुन् र दोषि नछुटुन् भन्ने मान्यता अख्तियार गरिएको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले धनी र गरिब तथा सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानून हुँदैन भन्नेकुरामा सबैको ध्यानाकर्षण गराउनु भयो ।उहाँले प्रहरी समायोजनको प्रक्रिया अगाडी बढाउन र टुंगोमा पु¥याउन सरकार दृढ रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्