८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश


819
Shares

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

राउतको तर्फबाट उषा कार्कीले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले थुनामा रहेका राउतलाई २४ घण्टाभित्र हाजिर गराउन आदेश दिएको हो ।

ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले राउतलाई यही असार २४ गते पक्राउ गरेको थियो ।