२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बजेट खर्च गर्न नसके दण्डित हुनुपर्छ : सांसद भट्टराई


468
Shares

काठमाडौं । नेकपा एमालेकी सांसद विद्या भट्टराईले बजेट खर्च गर्न नसक्ने स्थितिको अन्त्य हुन जरुरी रहेको बताउनुभएको छ ।

बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद भट्टराईले सरकार बजेट छैन भन्ने तर आर्थिक वर्ष सकिन लाग्दा बजेट खर्च नहुने परिपाटीको अन्त्य गर्न लाग्नुपर्ने बताउनुभयो । उहाँले बजेट खर्च गर्न नसके कारबाही भोग्न सम्बन्धित पक्षहरु तयार हुनुपर्ने बताउनुभयो । उहाँले एशियन गेमको बारेमा युवा तथा खेलकुद मन्त्रालयसँग खाका समितिमा जानकारी गराउन आग्रह गर्नुभयो ।

सांसद भट्टराईले युवाहरुले स्वामित्व लिनसक्ने गरी कार्यकारी अधिकारसहितको युवा परिषद्को निर्माण गर्ने कुरालाई मन्त्रालयले नेतृत्व गर्नुपर्ने बताउनुभयो ।