८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


हेलिकोप्टर पर्वतीय उडानमा रोक


2.288k
Shares

काठमाडौं । सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मनसुन अवधिभरका लागि हेलिकोप्टरको पर्वतीय उडानमा रोक लगाएको छ। यो निर्णयलाई सरोकारवालाले अव्यावहारिक भनेका छन्।

दुर्घटना न्यूनीकरण गर्न भन्दै प्राधिकरणले सेप्टेम्बर २०२३ सम्म माउन्टेन, सिलिङ (सामान झुन्ड्याएर गरिने लङलाइन उडान) र पुष्पवृष्टि उडानमा रोक लगाउने निर्णय गरेको छ। मनसुन प्रतिकूल रहेका बेला उडान गर्दा जोखिम आउन सक्ने भएकाले रोक लगाइएको प्राधिकरणको दाबी छ। क्यानमाथि आफ्नो कमजोरी लुकाउन उडानमा रोक लगाएको आरोप छ।

दुर्घटनाको कारण देखाउँदै हेलिकोप्टरको पर्वतीय उडानमा रोक लगाउनु नियमनकारी निकायको हतास मानसिकता भएको क्यानका एक पूर्वमहानिर्देशकले बताए। ‘अपरेसनमा ध्यान दिनुपर्ने कुरालाई कार्यान्वयनमा ल्याउने कुरा उचित हो,’ ती महानिर्देशकले भने, ‘उडानमै रोक लगाउने निर्णय अव्यावहारिक छ।’ पहाडी इलाका भएका अन्य मुलुकमा पनि यस्तो अभ्यास नभएको उनले बताए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।