
काठमाडौं । विम्बल्डन टेनिसको महिलातर्फको फाइनलमा ओन्स जबिउर र मार्केटा भन्द्रौसोभा भिड्ने भएका छन् ।
बिहीबार भएको सेमिफाइनल खेलमा बेलारुसकी अरिन साबालेन्कालाई २–१ को सेटमा हराउँदै ट्युनिसियाकी खेलाडी जबिउर फाइनलमा पुगेकी हुन् ।
पहिलो सेट गुमाएर दोस्रो सेटमा ४–२ ले पछि परेको अवस्था उल्टाउँदै जबिउरले खेल ६–७, ६–४ र ६–३ ले जितिन् । लगातार दोस्रो पटक विम्बल्डन टेनिसको फाइनलमा पुगेकी जबिउरले उपाधिको लागि शनिबार चेक गणतन्त्रकी मार्केटा भन्द्रौसोभासँग खेल्नेछिन् ।
सेमिफाइनलमा युक्रेनकी एलिना भितोलिनालाई ६–३ र ६–३ को सोझो सेटमा हराउँदै भन्द्रौसोभा फाइनलमा पुगेकी हुन् । शनिवारको फाइनल खेल जसले जितेपनि यसपटक विम्बल्डन टेनिसमा महिलातर्फ नयाँ ग्रान्डस्लाम च्याम्पियन पाउने पक्का भएको छ ।
फाइनलमा पुगेका दुबै जनाले अहिलेसम्म विम्बल्डन वा अन्य कुनै ग्रान्डस्लाम जितेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्