२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


हलिउडका टेलिभिजन कलाकारहरू आन्दोलनमा


585
Shares

एजेन्सी । अमेरिकी फिल्म उद्योग हलिउड आन्दोलनमा उत्रिएको छ ।

फिल्म तथा टेलिभिजन कलाकारहरु तथा रङ्गमञ्च सम्वद्ध महासंघ स्क्रीन एक्टर्सस गिल्ड अमेरिकन फेडरेसन अफ टेलिभिजन एण्ड रेडियो आर्टिस्टले स्ट्रिमिङ कम्पनीहरु विरुद्ध आन्दोलन घोषणा गरेको हो ।

आन्दोलनमा स्क्रीन राइटर्स गिल्डले पनि ऐक्यवद्धता जनाएका छन् । करीब एक लाख ६० हजार कलाकारहरु आन्दोलनमा सहभागी हुने छन् । विगत ४० वर्षमा अमेरिकी रङ्ग कलाकारहरुले शुरु गरेको सबैभन्दा ठूलो आन्दोनल हो ।

क्यालिफोर्नियास्थित नेटफ्लीक्सको कार्यालयमा धर्ना दिएर उनीहरुले आन्दोनल शुरु गर्न लागेका हु्न । नेटफ्लीक्सपछि उनीहरुले प्यारामाउन्ट, वार्नर र डिज्ने घेराउन गर्ने भएका छन् । उचित पारिश्रमिक तथा प्रसारण संस्थाहरुले गर्ने कमाईको भागवण्डाको माग उठाउनु साथै उनीहरुले फिल्म उद्योगमा एआई र एनिमेसनको बढ्दो प्रयोगले कलाकारहरु विस्थापित हुनु परेको गुनासो पनि गरेका छन् ।

स्ट्रिमिङ तथा स्टुडियो कम्पनीहरुसँगको वार्ता असफल भएपछि कलाकारहरु आन्दोलनमा उत्रिएका हुन ।