१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बैतडीमा दुई वर्षीय बालकको कुटपीटबाट मृत्यु


1.326k
Shares

बैतडी । बैतडीमा हजुरबुवाको कुटपीटबाट दुई वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्लाको पुर्चौंडी नगरपालिका– ६ मुडेलीधारका दीपक साउदका दुई वर्षीय छोरा रेशम साउदको ५० वर्षीय हजुरबुवा गणेश साउदको कुटपीटबाट मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता लोकराज जोशीले जानकारी दिनुभयो ।

यस्तै, कुटपीटबाट ८ वर्षीय अर्का नाती रिजन साउद गम्भीर घाइते भएका छन् । उनको धनगढीमा उपचार भइरहेको छ । कुटपीटबाट गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

कूटपिट गर्ने गणेश साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको मानसिक अवस्था ठीक नरहेको बताइएको छ ।