२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


लक्ष्मी र सनराइज बैंककाे मर्जपछिको एकीकृत कारोबार आजदेखि शुरू


11.609k
Shares

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको मर्जर पछिको एकीकृत कारोबार शुक्रबारदेखि शुरु हुदैछ ।

बराबर हैसियतमा मर्ज भएपछि शुक्रबारदेखि ‘लक्ष्मी सनराइज बैंक’ को नाममा एकीकृत कारोबार शुरु हुन लागेको हो ।

मर्जरपछि लक्ष्मी सनराइज बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । यस्तै बैंकको रिजर्भ १४ अर्ब ११ करोड, निक्षेप २ खर्ब ८७ अर्ब र ऋण २ खर्ब ५९ अर्ब भएको छ ।

देशभर २८४ शाखा र ३ हजार १७० जना कर्मचारी बैंकसँग रहेका छन् । लक्ष्मी र सनराइ बैंकको मर्जरसँगै एक वर्षमा मर्ज भएका बाणिज्य बैंकको संख्या एक दर्जन पुगेको छ ।