१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सप्तकोशीमा खस्यो ट्रक


741
Shares

काठमाडौं । सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको छ।

सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा शुक्रबार बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको हो ।

नदीमा खसेको ट्रक बेपत्ता भएको छ । ट्रकमा सवार तीन जनाको सकुशल उद्धार गरेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा बिहान ७: ४० बजेतिर ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको छ । बार भत्काउँदै ट्रक नदीमा खसेको हो ।