
डडेल्धुरा । डडेल्धुराका ग्रामीण क्षेत्रमा व्यवसायिक कुखुरापालन फस्टाएको छ ।
डडेल्धुराको अजयमेरु गाउँपालिका– ३ भद्रपुरमा कुखुरापालनका लागि मासदाना उत्पादन तथा ह्याचरी मसिन जडान हुन थालेपछि स्थानीय कृषक उत्साहित भएका छन् ।
डडेल्धुरामा कुखुरापालनका लागि बाह्रै महिना उपयुक्त हावापानी भएकाले वार्षिक ५ लटसम्म कुखुरापालन व्यवसाय गरिरहेको स्थानीय मदनराज ओझाले बताउनुभयो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराको अनुदान सहयोगमा मास दाना तथा ह्याचरी उत्पादन मेसिन सहयोग भएपछि ओझा लगायत स्थानीय कुखुरापालक कृषक तथा व्यवसायीहरु लगानी गर्न उत्साहित भएका हुन् ।
डडेल्धुराका सातवटै स्थानीय तहमा स्थापना गरिएका पोल्ट्री फर्महरुले जिल्लालाई कुखुराको मासुमा आत्मनिर्भर बन्ने बाटोतर्फ उन्मुख गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्