१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको अर्थमन्त्री महतको दाबी


104
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडी बढेको बताउनुभएको हो । उहाँले मुल्यवृद्धि पनि विगतको भन्दा घटेको बताउनु भयो । उहाँले सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले राजस्व वृद्धि हुने प्रशस्त आधार देखिएको उल्लेख गर्नुभयो ।अर्थमन्त्री महतले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा अझै बढी बजेट विनियोजन गर्ने बताउनु भयो ।