२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सोमपालको अर्धसतकसँगै नेपालले पाकिस्तान ‘ए’ लाई दियो १८० रनको चुनौती


1.703k
Shares

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालले आयोजक पाकिस्तानलाई १८० रनको चुनौती दिएको छ ।

टस जिती पहिले ब्याटिङ गरेको नेपाली टोली ३७ ओभरमा एक सय ७९ रन बनाउँदै अलआउट भयो । नेपालका सोमपाल कामीले अर्धसतक बनाए । उनले ७५ रनको योगदान गरे । उनले एक सय एक बलको सामना गरी दुई छक्का र नौ चौका हिर्काएका थिए । उनी अन्तिम विकेटका रुपमा पेभेलियन फर्किएका थिए । प्रतिस जीसीले पनि २६ रन बनाए । माथिल्लो क्रममा कुनै पनि नेपाली ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । आसिफ शेख १२, अर्जुन साउद १७, कुशल मल्ल १७ र गुल्सन झा १३ रनमा आउट भए ।

पाकिस्तानको ‘ए’ टोली यो प्रतियोगिताको साविक विजेता हो । सन् २०१९ मा उपाधि जित्दाका खेलाडीहरु अमद बट र ओमाइर युसुफ अहिले पनि पाकिस्तान ‘ए’ मा रहेका छन् । इमर्जिङ टिम्स कपमा एसियाका टेष्ट मान्यताप्राप्त टोलीहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफ्गिानिस्तानको दोस्रो टोली अर्थात ‘ए’ टिम सहभागि हुनेछन् । नेपाल, युएई र ओमानले भने राष्ट्रिय टोलीमा केही परिवर्तन गरेर खेलाडी पठाएका छन् ।