
काठमाडौं । नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले लम्पिस्किन रोगको रोकथामका लागि सरकारले उदासिनता देखाएको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक गिरीले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकार उदासिन भएको बताउनुभएको हो । उहाँले लम्पिस्किन रोगबाट किसानहरुलाई ३७ अर्ब बराबरको क्षति भइसकेको भन्दै अझैपनि पशुहरुलाई प्रभावकारी ढंगले खोप लगाउन नसकिएको बताउनुभयो ।
प्रमुख गिरीले गाउँगाउँमा प्राविधिकहरु समेत पठाउन नसकेको भन्दै सरकारलाई यसप्रति ध्यानाकर्षण गराउनुभयो । उहाँले बजेट अभाव भएमा निर्वाचन क्षेत्र विकास कोषबाट रकमान्तर गरेर भएपनि नियन्त्रणका लागि लाग्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्