१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भारतले गर्‍यो विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण


6.669k
Shares

एजेन्सी । भारतले चन्द्रमाका लागि रकेट पठाएको छ ।

स्थानीय समयअनुसार आज दिउँसो २ बजेर ३५ मिनेटमा आन्ध्रप्रदेशको स्पेसपोर्टबाट चन्द्रयान–३ नाम दिइएको रकेट टेकअफ भएको टाइम्स अफ इन्डियाले जनाएको छ । योजनाअनुसार सबै काम भए यो रकेट आगामी अगस्ट २३ वा २४ मा चन्द्रमाको सतहमा पुग्नेछ ।

चन्द्रयान–३ ले चन्द्रमाको सतहमा सफल अवतरण गरेमा भारत चन्द्रमामा यान पठाउने विश्वको चौथो मुलुक हुनेछ । यसअघि संयुक्त राज्य अमेरिका, रूस र चीनले मात्र आफ्नो यान चन्द्रमामा पुर्‍याउन सकेका छन् । भारतले चन्द्रमाका लागि यान पठाएको यो तेस्रो पटक हो । सन् २००८ मा भारतले चन्द्रयान–१ पठाएको थियो तर त्यो चन्द्रमाको सतहमा अवतरण भएन । सन् २०१९ मा भारतले पठाएको चन्द्रयान–२ पनि चन्द्रमामा अवतरण हुन असफल भयो। अवतरण हुन लाग्दा त्यसको रोभर दुर्घटनामा परेको थियो । चन्द्रयान–३ को तौल ३ हजार ९ सय किलोग्राम छ भने यो बनाउन ६.१ अर्ब भारतीय रुपैयाँ लगानी भएको छ ।