१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


लोकतन्त्रको साइन बोर्ड भएर हुँदैन, व्यवहार र आचरण लोकतान्त्रिक हुनुपर्छ : अध्यक्ष ओली


156
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अझैपनि भोकमरीको अवस्था रहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले कतिपय गरिबीको रेखाुमनी रहेका नागरिकहरुले आधारभुत अधिकारसमेत नपाइरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले यसबारेमा राज्यलाई सचेत गराउनु पर्ने बताउनुभयो । उहाँले ओलीले लोकतन्त्र साइन बोर्ड र प्रणालीमा मात्रै सिमित नभइ आचरण, व्यवहार, जीवनपद्धति र राज्यको कार्यशैलीमा हुनुपर्ने बताउनुभयो । उहाँले यसका लागि राज्यका सबै तहका नागरिकहरुले झक्झक्याउनुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले अहिले पनि गरिबीको रेखामुनी ठूलो संख्या रहेकाले सबै मिलेर उनीहरुलाई आधारभुत अधिकार दिलाउनुपर्ने बताउनुभयो ।