
पाँचथर । पाँचथरको हेवा खोलामा बेलिब्रिज नबन्दा ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ ।
बाढी पहिरोले हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण नहुँदा ग्यास र पेट्रोलको अभाव भएको हो ।
असार ३ गते भीषण वर्षासँगै आएको बाढीले पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल बगाएको थियो । त्यस यता सो राजमार्ग अवरुद्ध छ ।
प्रतिक्रिया दिनुहोस्