११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


एमाले सचिवालय बैठकका एजेण्डा तय


416
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको छ ।

महासचिव शंकर पोखरेलको नेतृत्वमा शुक्रबार बसेको केन्द्रीय कार्यालय बैठकले एजेण्डा तय गरेको हो ।

नेताहरुको जिम्मेवारी र कार्यक्षेत्रको रिपोर्टिङ, पुष्पलाल स्मृति दिवस मनाउने र त्यसको तयारी तथा समसामयिक राजनीतिक प्रस्तावमाथिको छलफल सचिवालयका एजेण्डा तय भएको एमाले नेताहरुले बताएका छन् ।

एमाले सचिवालय बैठक शनिबार बस्दै छ ।