१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज गठे मंगल पर्व मनाइँदै


1.456k
Shares

काठमाडौं । गठे मंगल पर्व, राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले शनिबार देशभर मनाउँदै छन् ।

साउन कृष्ण चतुर्दशीका दिन मनाइने गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ । शनिबार दिउँसोपछि चतुर्दशी तिथि लाग्ने भएकाले गठेमंगल अर्थात घण्टाकर्ण चतुर्दशी मनाउन लागिएको हो ।

आजको दिन दुष्ट आत्मा र भूतप्रेत भगाउन भन्दै घर सरसफाइ गरी राक्षसी स्वरूपको घण्टाकर्ण दहन गर्ने चलन छ । ठड्याइएको नर्कटबाट बनाइएको गठेमंगल घाम अस्ताएपछि छ्वाली बालेर परिक्रमा गरेर ढालेपछि नदीमा लगेर विसर्जन गर्ने परम्परा छ ।

धान रोपी सकेपछि घरभित्रका दूषित कीटाणु भगाउन धुप बालेर धुँवा पठाउने चलन छ । जसबाट कीटाणु भाग्ने जनविश्वास छ । यस्तै, घरको ढोकामा भूतप्रेत र अरु डरत्रासबाट जोगिन भन्दै फलामको तीनखुट्टे ओदान पनि गाड्ने गरिन्छ ।

विभिन्न ग्रह तथा भूतप्रेतबाट बच्न भन्दै फलामको औंठी लाउने चलन रहेको छ ।