
एजेन्सी । भारत र चीनबीचको द्विपक्षीय व्यापारमा ह्रास आएको छ ।
दुई देशबीचको व्यापारमा शून्य दशमलव ९ प्रतिशतले गिरावट आएको हो । विगत केही वर्षदेखि सीमामा तनाव बढेपनि दुई देशबीचको व्यापारमा कीर्तिमानी वृद्धि भएको थियो । तर, अहिले वर्षौंपछि द्विपक्षीय व्यापारमा ह्रास आएको छ ।
पीटीआई रिपोर्टका अनुसार द्विपक्षीय व्यापारमा यो गिरावट चीनको कुल वैदेशिक व्यापारमा करिब पाँच प्रतिशतले गिरावट आएको बेला भएको हो । चीनको भन्सार विभागले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार यस वर्षको पहिलो ६ महिनामा चीनको भारततर्फको निर्यात ५६ दशमलव ५३ अर्ब डलर रहेको छ । जुन गत वर्षको ५७ दशमलव ५१ अर्ब डलरको तुलनामा शुन्य दशमलव ९ प्रतिशतले कम हो ।
त्यस्तै, भारतको चीनतर्फको निर्यात गत वर्षको ९ अर्ब ५७ करोड डलरको तुलनामा यो वर्ष ९ अर्ब ४९ अर्ब डलर रहेको छ । गत वर्षको ६७.०८ अर्ब डलरको तुलनामा सन् २०२३ को पहिलो ६ महिनामा व्यापार घाटा पनि उल्लेख्य रूपमा घटेर ४७ दशमलव ०४ बिलियन डलरमा झरेको छ ।
सन् २०२२ मा भारत र चीनबीच १ सय ३५ दशमलव ९८ अर्ब डलरको कीर्तिमानी व्यापार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्