
काठमाडौं । सशस्त्र प्रहरीले पर्साबाट एक करोड ३६ लाख रुपैयाँभन्दा बढीको सामानसहित तीन वटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार साँझ पर्साको विराटनगर महानगरपालिका–१४ स्थित चण्डाल चोकबाट सशस्त्र प्रहरीले एक करोड ३६ लाख ९७ हजार रुपैयाँ बराबरको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक सहायक प्रवक्ता शैलेन्द्र थापाले विशेष सूचनाको आधारमा खटिएको नम्बर १३ गण पर्साले वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको तीनवटा ट्रकमा जाँच गर्दा बिलबिजकमा उल्लेखित मूल्यभन्दा बढी सामान देखिएपछि नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
सहायक प्रवक्ता थापाका अनुसार नियन्त्रणमा लिइएका ट्रकमा किसमिस, भटमास, पिल्लो, नेटकटनलगायतका सामान रहेका छन् । नियन्त्रणमा लिइएका तीन वटै ट्रक आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस्