
काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना गरी वृक्षारोपण गरेको छ ।
काठमाडौं विष्णुमति करिडोरस्थित निलबराहीको टंकेश्वरमा वृक्षारोपण गरिएको हो । स्व.मदनकुमार भण्डारीको ७२ औं स्मृति दिवस पारेर काठमाडौं उपत्यकालाई शहरीकरण, सौन्दर्यकरण र सुविधाको शहर बनाउने अभियान अन्तर्गत वृक्षारोपण गरिएको हो ।
वातावरण, नदी, सम्पदा संरक्षणको क्षेत्रमा, सुविधा उपलब्ध गराउने क्षेत्रमा वृक्षारोपणको कार्यक्रम राखेको आयोजकले जनाएको छ । उक्त क्षेत्र काठमाडौं उपत्यकाको पिछडिएको क्षेत्र भएकाले सो क्षेत्र प्रवद्र्धनका लागि वृक्षारोपण गरेको आयोजकको भनाइ छ ।
बागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुयाँलले काठमाडौं शहर संरुक्षणको काममा सबैले हातेमालो गर्न जरुरी रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्