६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


विदेशी पर्यटकको बसाइ र खर्च घट्दै जानु चिन्ताको विषय : विनायक शाह


676
Shares

काठमाडाैं । भक्तपुरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटकीय गन्तव्यस्थलहरुको सूचि तयार गरी सार्वजनिक गरिएको छ ।

भक्तपुरलाई पर्यटकहरुको गन्तव्यस्थल बनाउन र पर्यटन प्रवर्द्धन गर्नका लागि एक कार्यक्रमबीच भक्तपुरमा पर्यटकीय गन्तव्यस्थलहरुको सूचि समावेश गरिएको ब्रेथ टेकिङ भक्तपुर सार्वजनिक गरिउको हो ।

कार्यक्रममा बोल्दै नेपाल होटल संघ (हान)का अध्यक्ष विनायका शाहले कोराना महामारीपछि नेपालमा अहिले बिस्तारै पर्यटन क्षेत्रले गति लिन थालेको बताउनुभयो । उहाँले नेपालमा आउने पर्यटकहरुको खर्च र बस्ने दिन भने घट्दै जानु चिन्ताको विषय बनेको भन्दै पर्यटकहरुलाई धेरै भन्दा धेरै नेपालमा बस्ने वतावरण बनाउन जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष शाहले भक्तपुरलाई पर्यटनसँग जोडेर विकास गर्नुपर्ने बताउनुभयो । उहाँले डोलेश्वर महादेव, पाइलट बाबा, घ्याम्पे डाँडा लगायतका स्थानमा पर्यटकहरु रमाउन सक्ने बताउनुभयो । उहाँले लगानीअनुसारको पर्यटन प्रवर्द्धन गर्दै पर्यटन प्याकेज बनाइ अघि बढ्न सुझाव दिनुभयो ।