
एजेन्सी । दक्षिण कोरियामा भारी वर्षाका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ ।
तीन दिनदेखि जारी निरन्तर वर्षाका कारण उत्तरी चुङचेओङ प्रान्तमा रहेको एउटा ठूलो बाँधमा पानीको सतह बढ्दा सडकहरु जलमग्न हुनुका साथै यातायात सेवा पनि अवरुद्ध भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएकाे छ ।
बाँध आसपासमा रहेका तटीय क्षेत्रका स्थानीय सबैभन्दा बढी प्रभावित भएका छन् । बाढीका कारण केही सर्वसाधारण घरमै फसेको अधिकारीहरुको भनाइ छ । बाढीमा परेर १० जना बेपत्ता भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
मध्य चुङचेओङ प्रान्तमा रहेको भूमिगत सुरुङमा १९ वटा कार डुबेको पनि अधिकारीहरुले जनाएका छन् । वर्षा जारी रहेकाले बाढी पहिरोबाट मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुकान गरिएको छ । पहाडी क्षेत्रमा पहिरोका कारण घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।
बाढी पहिरोका कारण उत्तरी ग्योङसाङ प्रान्तमा सबैभन्दा बढी क्षति भएको बताइएको छ । प्रधानमन्त्री डन सूले सेनालाएै राहत तथा उद्दारमा जुट्न आग्रह गर्नुभएको छ । विभिन्न स्थानीय सरकारले जारी गरेका विस्थापित सम्बन्धी आदेशबाट हजारौं मानिस प्रभावित भएका छन् ।
कोरियाको मौसम विभागका अनुसार आगामी हप्तको बुधबारसम्म निरन्तर वर्षा हुने पूर्वानुमान गरिएकाले सचेत रहन आग्रह गरिएको छ । विगत केही समयदेखिभएको निरन्तर वर्षाका कारण भारत, चीन र जापानलगायतका मुलुकमा पनि धेरै जनधनको क्षति हुनुका साथै पूर्वाधारहरुमा ठूलो क्षति भएको छ ।
प्रतिक्रिया दिनुहोस्