
परासी । नवलपरासीको बर्दघाट नगरपालिकाले सहकारीबाट ऋण लिएका ऋणीलाई तत्काल साँवा, ब्याज भुक्तानी गर्न उर्दी जारी गरेको छ ।
नगरपालिकाले सार्वजनिक सूचना नै निकालेर तत्काल साँवा व्याज तिर्न ताकेता गरेको हो । सूचनामा ऋण नतिर्ने ऋणीलाई नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधासमेत बन्द गरिने चेतावनी दिइएको छ ।
ऋणीहरुलाई पटक पटक ताकेता गर्दासमेत ऋण भुक्तानी नगरेका कारण बचतकर्ताहरुको रकम फिर्ता गर्न नसकिएकाले सहजीकरण गरिदिन सहकारीले अनुरोध गरेकाले सूचना प्रकाशित गरिएको नगरपालिकाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्