१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकार जोगाउन सुदूरपश्चिम प्रदेशमा सांसद विकास कोषको रकम बढाइयो


260
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम ३ करोड बाट बढाएर ५ करोड बनाउने सहमति गरेको छ ।

शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रदेशसभा सदस्यको योजनामा निर्वाचन क्षेत्रमा खर्च गर्ने गरी प्रति निर्वाचन क्षेत्र ५ करोड बजेट राख्ने सहमति गरेको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले पूर्वाधार क्षेत्रको बजेट बढाउने प्रस्ताव गरेका गर्नुभएको थियो । प्रस्तावमा अरु दलका नेताहरुले सहमति जनाएका छन् ।