१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


देशको तस्बिर बोलेर होइन, काममा देखिनुपर्छ : मन्त्री गुरुङ


143
Shares

काठमाडाैं । शहरी विकासमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सीता गुरुङले देशको तस्बिर बोलेर नभइ काम गरेर देखिनुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देशको चित्र बोलेर नभइ सबैले यहाँ छु भन्ने हिसाबले देखिनु आजको आवश्यकता भएको बतउनुभयो । उहाँले कांग्रेसमा सबै जातजातिको प्रतिनिधित्वलाई सुनिश्चित गरिएको बताउनुभयो ।

उहाँले कांग्रेसका सभापति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले धेरै नबोलेर तर व्यवहारिक रुपमा विधानमै लेखाएर थुप्रै राम्रा कामलाई अघि बढाउनुभएको बताउनुभयो ।

मन्त्री गुरुङले अन्य दलहरुले ठूलो भाषण गरेर आश्वासन बाँडेपनि अन्य पार्टीको विधानमा व्यवस्थित संरचनामा सहभागिताको सुनिश्तिता गर्न नसकेको बताउनुभयो ।