
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवम् कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटर ब्याजसम्बन्धी प्रतिस्थापन विधेयक संसदको यही अधिवेशनबाट पारित हुने बताउनुभएको छ ।
मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक रोक्न विभिन्न षड्यन्त्रहरू भइरहेको भन्दै उहाँले अब त्यस्ता षड्यन्त्रले सरकारलाई रोक्न नसक्ने बताउनुभयो । कांग्रेसनिकट तमु संघ वाग्मती प्रदेशको भेलालाई सम्बोधन गर्दै मन्त्री गुरूङले मिटरब्याज पीडितहरूलाई न्याय दिने विषयमा कांग्रेस र गठबन्धन सरकार प्रस्ट रहेको तर्क गर्नुभयो ।
दुई/तीन दिनभित्रै मिटरब्याजसम्बन्धी विधेयक संसदमा पेस हुने र पारित हुने उहाँको भनाई छ । मन्त्री गुरूङले सुशासन कायम गर्न र भ्रष्टाचारको अन्त्यका लागि अहिलेको गठबन्धन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्