
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग आयोजनाको विकल्प खोजिनुपर्ने बताएका छन् ।
सचिव घिसिङले पाकिस्तानमा आयोजना हुने भनिएको प्रतियोगिता अनिश्चित बनिरहेको समय यसको विकल्प खोजिनुपर्ने बताएका हुन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रतियोगितालाई लिएर डेडलक गर्न नहुने तर्क गर्नुभयो ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता नेपालले सन् २०१९ मा काठमाडौं, पोखरा र जनकपुरमा आयोजना गरेको थियो । नेपालपछि प्रतियोगिता आयोजनाको झण्डा पाकिस्तानले लिएर गएको थियो ।
प्रत्येक दुई वर्षमा आयोजना हुने प्रतियोगिता सन् २०२१ मा पाकिस्तानले आयोजना गर्नुपर्ने थियो । तर, कोभिडको विश्वब्यापी प्रभाव तथा पाकिस्तान ओलम्पिक कमिटी र पाकिस्तान सरकारबीचको द्धन्द्धका लागि प्रतियोगिता प्रभावित बनेको छ ।
१४ औं साग गेम्स आयोजनाको अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्