
एजेन्सी । दक्षिण कोरियामा भारी वर्षासँगै आएको बाढीमा बेपत्ता भएका र फसेकाहरुको उद्धार कार्य जारी छ ।
भारी बर्षा पछी आएको बाढीले १४ जना बेपता भएका छन् भने सुरुङमा फसेकाका सयौं कारहरु निकाल्ने प्रयास जारी छ ।
दक्षिण कोरियाको चेओन्ज उपनगरमा बाढी आएपछी भाग्ने क्रममा रहेका कारहरु सुरुङमा फसेका हुन् । देशको पहाडी इलाका अधिकांश घरहरु पहिरोले बगाएको छ ।
यसैबीच दक्षिण कोरियाका प्रधामन्त्री हान डक सुले सेनालाई उद्धार कार्यमा कमी कमजोरी हुन नदिन निर्देशन दिनुभएको छ । वर्षा र बाढीले हालसम्म २६ जनाको मृत्यु भइसकेको छ ।
बिगत तीन दिनदेखि जारी वर्षाले देशको जनजीवन अस्तब्यस्त बनेको छ । उत्तरी चुङचेओङ प्रान्तमा रहेको एउटा ठूलो बाँधमा पानीको सतह बढ्दा सडकहरु जलमग्न हुनुका साथै यातायात सेवा पनि अवरुद्ध भएको छ ।
बाँध आसपासमा रहेका तटीय क्षेत्रका ६ हजार ४ सय मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । त्यहाँको मौसम विभागका अनुसार शनिबार तीन सय मिलिमिटर वर्षा भएको थियो भने अझै केही दिन जारी रहने छ ।
केही समय यता भएको भीषण वर्षाका कारण भारत, चीन र जापान लगायतका मुलुकमा पनि धेरै जनधनको क्षति भएको छ ।
प्रतिक्रिया दिनुहोस्