
काठमाडौं । अर्जेन्टिनाका चर्चित फुटबलर लियोनन मेस्सी र अेमेरिकी एमएलएस क्लब इन्टर मियामीबीच सम्झौता भएको छ ।
सात पटकको बालोन डी ओर बिजेता ३६ वर्षिय मेस्सीले अमेरिकी क्लबमा सन् २०२५ सम्म रहने गरी सम्झौता गरेका हुन् ।
सो क्लबका सहमालिक डेभिड बेकह्याम र मेस्सीबीच सम्झौता भएको हो । सन् २०२२ र २०२३ सिजनको अन्त्यतिर फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन छोडेका मेस्सीले इन्टर मियामी र अमेरिकाको करियरको अर्को चरण शुरु गर्न पाएकोमा खुशी ब्यक्त गरेका छन् ।
सो क्लबमा अनुबन्ध भएका मेस्सीले आगामी जुलाई २१ मा हुने लिग कपको उद्घाटन खेल खेल्ने छन् । मेस्सीले खेलाडीको अवार्ड बालोन डी ओर सात पटक जितिसकेका छन् ।
उनले पीएसजीका लागि ७५ खेलमा ३२ गोल गर्नुका साथै लिग १ मा १६ गोल र १६ असिस्ट सहित सिजनको अन्त्य गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्