१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पर्वतको दुर्लुङमा जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु


416
Shares

पर्वत । पर्वतको कुश्मा नगरपालिका– ३ दुर्लुङमा शनिबार राती जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । कुश्माबाट दुर्लङ जाँदै गरेको जीप राती दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी कुश्मा नगरपालिका–३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

घाइतेमध्ये सोही स्थानका चार वर्षीय प्रिन्स क्षेत्री र ५० वर्षीया चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

उकालो बाटोमा जीप अनियन्त्रित भइ सडकबाट करिब ३० मिटर तल खसेको थियो ।