
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित हुनु भएको छ ।
इक्यानको शनिबार भएको चुनावमा पूर्व अध्यक्ष विष्णुहरि पाण्डेलाई पराजित गर्दै भट्टराई अध्यक्ष निर्वाचित हुनु भएको हो ।
भट्टराई र पाण्डे प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएकोमा भट्टराइ प्यानल अधिकांश पदमा निर्वाचित भएको छ । पाण्डे समूहबाट लक्ष्मण पौडेल र भुवनबहादुर क्षेत्री गरी दुई जना उपाध्यक्ष मात्रै निर्वाचित भएका छन् ।
भट्टराई पक्षबाट महासचिवमा दीपकराज भुषाल, सचिवमा भवनाथ हुमागाईँ र रत्नबहादुर भट्टराई निर्वाचित भएका छन् । कोषाध्यक्षमा आशिष कार्की र सह–कोषाध्यक्षमा विकल्पराज पौडेल निर्वाचित भएका छन् ।
भट्टराई अर्विट इन्टरन्याशलन एडुकेशनका संचालक हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्