२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अमेरिकाको जर्जियामा गोली प्रहार हुँदा चार जनाको मृत्यु


3.172k
Shares

एजेन्सी । अमेरिकाको जर्जियमा अन्धाधुन्द गोली प्रहारबाट कम्तिमा चार जनाको मृत्यु भएको छ ।

जर्जियाको ह्याम्पटन शहरको डगवुडमा एक ब्यक्तिले अन्धाधुन्द गोली हान्दा चार जना मारिएका हुन् ।

ज्यान गुमाउनेहरुमा तीन जना पुरुष र एक महिला रहेको स्थानीय प्रहरीले बताएको छ । प्रहरी अधिकारीहरुले गोली प्रहार गर्ने ब्यक्ति ४० बर्षिय एन्ड्री लङमोर भएको पत्ता लागेको बताएका छन् ।

चार जनाको हत्या गरेर फरार रहेको उक्त ब्यक्तिसँग अहिले पनि दुई वटा हतियार रहेको भन्दै प्रहरीले उसलाई पक्राउ गर्न सघाउनेलाई दश हजार डलरको पुरस्कार घोषणा गरेको छ ।

घटनामा कति मानिस घाइते भएका छन् भन्ने खुलाइएको छैन ।